काठमाडौं । पछिल्लो दुई दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सअनुसार आजको एयर क्वालिटी इन्डेक्स एक्यूआई (पीएम) २१३ पुगेको छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विज्ञहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनकाअनुसार एक्यूआई ६० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । अहिलेको प्रदूषणको मुख्य कारक वन डढेलो भएको वातावरण विभागले जनाएको छ ।यो मौसममा नेपालमा मात्रै नभई दक्षिण एसिया क्षेत्रमा नै वन डढेलोका कारण वायु प्रदूषण बढ्ने गर्दछ । डढेलोका घटना जति बढ्यो तयति प्रदूषण बढ्दै जाने पौडेलले बताए ।उनकाअनुसार तत्काल प्रदूषण कम हुन पानी पर्नुपर्छ ।
पश्चिमबाट पूर्वतर्फ जोडले हावा चलेमा पनि प्रदूषण कम हुने गर्छ । अन्यथा प्रदूषण अझै बढ्नसक्ने उनले बताए ।वायु प्रदूषणको असरबाट जोगिन मास्कको अनिवार्य प्रयोग गर्न र अन्य सुरक्षाका उपाय अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।