नेता र कर्मचारीमा कोरोना पुष्टि, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेता र कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो।

एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
१४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आजको केन्द्रीय समितिमा छलफल हुने बताइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार