आइतबार पनि सार्वजनिक बिदा दिन सरकार समक्ष आयल निगमको प्रस्ताव

पेट्रोलियम पदार्थमा कर घटाउन आपूर्ति मन्त्रालयलाई पत्र

नेपाल आयल निगमले इन्धनको खपत कम गर्ने गरी थप एक दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो । पेट्रोलियम पदार्थको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न गर्नु पर्ने निगमको ठहर छ ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत पत्राचार गरिएको निगमले जनाएको छ ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलमा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार