बालुवाटार बैठकमा गएका एमाले नेताहरुमा कोरोना पुष्टि

गत सोमबार नेकपा एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका नेताहरुमा कोरोना पुष्टि भएको छ । एमाले नेता टोपबहादुर रायमाझी, बिष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो । रायमाझी ऊर्जा एवम् सिंचाइ मन्त्री तथा स्थायी समिति सदस्य हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरु तिनैजना प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सोमबारको वैठकमा सहभागी थिए ।

Loading...