एनआईसी एशिया बैंकमा खाता खोल्दा अनलाइनबाटै पाइन्छ यति धेरै सुविधा

सेवा होस् या शाखा सञ्जाल विस्तारमा एनआईसी एशिया बैंक नेपालमा सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्था भन्दा अब्बल देखिएको छ ।
नाफा भन्दा सेवालाई पहिलो प्राथमिकतामा राखेर शाखा सञ्जाल विस्तार गरिरहेको एन आई सी एशिया बैंक शाखा सञ्जालमा मुलुकका अन्य वाणिज्य बैंकहरू मध्येकै ‘नम्वर वान’ बैंक बन्न सफल भएको छ ।

सर्वसाधारणको आवश्यकतालाई मनन गरी विशेष र अतुलनीय नयाँ–नयाँ प्रोडक्टहरू ल्याउने एनआइसी एशिया बैंक शाखा सञ्जालमा समेत अब्बल देखिएको हो । एनआईसी एशिया बैंकको उपस्थिति सहरदेखि गाउँसम्म निकै बलियो छ । प्रमुख सहर मात्रै होइन विभिन्न जिल्लाहरूका गाउँमा समेत बैंकले शाखा खोलेर सर्वसाधारणहरूलाई सेवा दिइरहेको छ ।

बैंकको उपस्थितिले गाउँमा बैंक नहुँदा निकै लामो समय हिडेर टाढा सहरसम्म पुग्नुपर्ने बाध्यता समेत एनआईसी एशिया बैंकले कम गरेको छ ।

देशभर हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूका देशभर ४८४३ शाखाहरू सञ्चालनमा रहेका छन् । सबै बैंकहरूको प्रदेश १ मा ७४२ वटा, प्रदेश २ मा ५५८ वटा, वागमतीमा १ हजार ७ सय १३, गण्डकीमा ५८८, लुम्बिनीमा ७२९, कर्णालीमा १९३ र सुदुरपश्चिममा ३२० शाखा कार्यालयहरू रहेका छन् ।

देशभर रहेका कुल ४ हजार ८ सय ४३ शाखा कार्यालयहरू मध्येमा एन आई सी एशिया बैंकको सबैभन्दा ठूलो हिस्सा रहेको छ । एन आई सी एशिया बैंकले देशभर ३५८ शाखा कार्यालयहरूमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ । ४ वर्ष अघि सबै स्थानीय तहहरूमा वाणिज्य बैंकको शाखा कार्यालय पुर्याउने सरकारले बजेटमा नै घोषणा गरिसकेको थियो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएको थियो । सरकार र राष्ट्र बैंकको नीति कार्यान्वयनमा समेत सधै अगाडि देखिने एन आई सी एशिाया बैंकले आफ्नो जिम्मेवारी अनुसार प्रदेश १ देखि कर्णाली तथा सुदुरपश्चिमका विकट ठाउँहरूमेत शाखा कार्यालय खोलेर सर्वसाधारणलाई सेवा दिदै आइरहेको छ ।

बैंकले शाखा कार्यालयहरूमा प्रिभिलेज बैंकिङ सेवा पनि उपलब्ध रहेको छ । बैंकले होम बैंकिङ वा अफिस बैंकिङको फाइदासमेत उपलब्ध गराएको छ ।
बैंकले कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खातामा २४ अतुलनीय र असीमित फाइदाहरू रहेका छन् । यस योजनामा बचत खाताबाट नै फिक्स्ड डिपोजिटको ब्याज आर्जन गर्न सकिने स्वीप इन र स्वीप आउटको फाइदा रहेको छ । यो स्वीप इन र स्वीप आउट फाइदा भनेको बचत खातामा न्यूनतम मौज्दातभन्दा बढी रकम हुँदा बित्तिकै उक्त धेरै भएको रकमले फिक्स्ड डिपोजिट बराबरको ब्याज पाउन थाल्छ ।

एनआईसी एसिया बैंकले केही समयमात्र अघि ल्याएको सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेस्डर खातामा यति धेरै फाइदा छन् ।

त्यस्तै, जेष्ठ नागरिकको लागि होम बैंकिङको फाइदा रहेको छ । साथै, पेन्सन आम्दानीको आधारमा कर्जा उपलब्ध हुने व्यवस्था छ । यस बचत योजनामा रहेक फाइदाहरू अन्य कुनै पनि बैंकसाग तुलना गर्न सकिदैन । एनआईसी एसिया बैंकका सबै सेवाहरू बैंकको मोबाइल एप (मोबैंक) र बैकको वेवासाइटको आइसर्भबाट लिन सकिन्छ ।

एनआईसी एशिया मोबैंक एप
अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले निःशुल्क लिन सक्नेछन ।

यसका साथै एनआईसी एशिया मोबैंकमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ । एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्र) को प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् । यस्तै एनआईसी एशिया बैँकको एनआईसी रेमिटमार्फत आएको रेमिट रकम बैँकको मोबाइल एप (एनआईसी एशिया मोबैंक)बाट सहजै बुझन सकिन्छ ।

आईसर्भ
यस https://iserve.nicasiabank.com/homeमार्फत मोबाइल बैंकिङ सेवाहरु (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरु (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकले सरल तरिकाले लिन सक्नेछन् ।

वेबसाइट
बैंकको वेबसाइट https://www.nicasiabank.com/बाट ग्राहकले यस बैंकबारे अधिकतम जानकारीहरु लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटुर, ईएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवासुविधाको जानकारीका साथै बैंकका पछिल्ला योजनाहरु, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरुबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्टरनेट बैंकिङ
यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरु उपभोग गर्न सकिनेछ । बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरुमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल बैंकले ग्राहकको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार