शिक्षक सेवा आयोगको परीक्षा सुरु

काठमाडौं । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् ।आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज मंगलबारबाट सुरु गरेको हो ।

आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् ।आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय ५२ पदका लागि एक सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आयोगले मावि तहमा एक हजार पाँच सय ५२, निमाविमा दुई हजार ५९८ र प्राविका लागि १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । आयोगले आज मावि, चैत १७ गते निमावि र १९ गते प्रावि र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षाका लागि कार्यतालिका निर्धारण गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार