भारतमा एकैदिन ३ हजार बढिको मृत्यु,कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

सिमानाकामा प्रभावकारी परीक्षणको व्यवस्था नहुँदा नेपालमा त्रास बढ्दो

भारतमा फैलिएको कोरोना महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन हजार २ सय ८६ पुगेसँगैं मृत्यु हुनेको संख्या दुई लाख नाघेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ६५ पुगेको छ।

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो। पछिल्लो एक सातायता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा संक्रमण देखिएको छ। यो अहिलेसम्म दैनिक थपिएका संक्रिमतको संख्या सबैभन्दा बढी हो। एक सातायता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन्।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ। अहिलेसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ।

पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन्।

त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन्। पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन्।

नेपालसँग जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण भएका राज्य हुन्।

तर,नेपाल प्रवेश गर्ने सिमानाकामा प्रभावकारी चेकजाँच तथा शंका लागेका बिरामीलाई राख्ने होल्डिङ सेण्टर नहुँदा संक्रमण फैलिदै नेपालतर्फ बढेको विज्ञहरु बताउछन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार