रुससँग शान्तिवार्ताका लागि युक्रेनको प्रतिनिधिमण्डल टर्कीमा

युक्रेनको एक प्रतिनिधिमण्डल रुससँग शान्तिवार्ताका लागि टर्कीको इस्तानबुल शहर पुगेको छ ।प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवका साथै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाकले गरिरहेका छन् ।

यो प्रतिनिधिमण्डलले आफ्नो सबैभन्दा ठूलो प्राथमिकता युद्ध विराम हुने बताउँदै शान्तिवार्तामा यस्तो प्रकारको कुनै प्रस्तावमाथि सहमति हुने कुरामा शंका पनि व्यक्त गरेका छन् ।

यो वार्ता टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको तर्फबाट आयोजना गरिएको हो । यो वार्ता स्थानीय समयानुसार मंगलबार बिहान १० बजेदेखि सुरु हुनेछ ।यसबाहेक रुसले युक्रेनलाई नेटोमा समावेश हुने उद्देश्य छोडिदिन भनेको छ । उता युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले यसमाथि आफू सम्झौता गर्न तयार भएको बताएका छन् ।यसबाहेक यो शान्तिवार्तामा युक्रेनको पृथकतावादीको कब्जा भएको क्षेत्रको विषयमा पनि कुराकानी हुने सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार