प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान लिने गरी हिंसात्मक झडप भएको मोरङ लेटाङ प्रकरणमा प्रहरीले २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँमै कारबाही गर्नुपर्ने भन्दै उग्र प्रदर्शन गरेका गाउँले र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियारले घाँटीमा प्रहार भएको थियो। उनको सोही दिन मृत्यु भयो।
आफ्नै छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो।उनको मृत्यु भएपछि प्रहरीले विभिन्न चरणमा धेरै स्थानीयवासीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो। तीमध्ये २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो।
अहिले प्रहरी नियन्त्रणमा रहेर अनुसन्धानको दायरामा रहेकाहरूमध्ये एक जना महिला पनि छन्। लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ।
लेटाङ घटनाबारे आयोगले भन्यो- विरोधका नाममा हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्
लेटाङ घटनाको जाँचबुझ गरी दोषीलाई कारबाही गर्छौ : गृहमन्त्री खाण