शेखरलाई समेट्न देउवा सहमत, संसदीय समिति गठन भोलि गर्ने

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न एक नेताले बताए । बाँकी समिति पार्टीको सम्बन्धित कार्यसमितिले गठन गर्ने छ ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरुले राखिसकेपछि संसदीय समिति गठन गर्न लागिएको हो । सोमबार साँझ पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले शेखर कोइरालालाई समेत समेटेर संसदीय समिति बनाउने सहमति जुटाएको छ । काँग्रेसको विधान अनुसार संसदीय समिति २५ सदस्यीय बनाउनुपर्ने व्यवस्था छ । जसमा पार्टीका १४ जना पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ । बाँकी ११ जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने विधानमा व्यवस्था छ । सभापतिले ११ जनाको नाम प्रस्ताव गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी गर्नु पर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार