भारतले माग अनुसार दिएन बिजुली, प्राधिकरणले उद्योगमा आपूर्ति कटौती गर्दै

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ ।

बिजुली किन्दा बिड नपरेका दिनमा साँझ बजेदेखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए ।

प्रतियुनिट भारु २० रुपैयाँसम्म पनि बिड नपरेपछि त्यसभन्दा माथि मूल्यमा गएर खरिद नगर्ने बताए । ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार