धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीनजना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीनजना आरोपितलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषाधाम नपा(३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका(१ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नपा ८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका(१६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ लाख फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।