म्यादीमा पूर्व सैनिकको आकर्षण, २ जना तेस्रो लिङ्गीको आवेदन

स्थानीय तह निर्वाचनका लागी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागी दरखास्त आह्वान गरेको थियो । वैशाख ३० मा हुने निर्वाचनका लागी म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका छन् ।

म्यादी प्रहरीमा भर्ना हुन पूर्व प्रहरी भन्दा पूर्व सैनिकको आकर्षण देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २ हजार ५४८ जना पूर्व सैनिकले म्यादीमा भर्ना हुन आवेदन दिएका छन् । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् ।

विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजार भन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार