वर्तमान सरकार नालायक हो : केपी ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरुको सरकारको संज्ञा दिएका हुन् ।

नेपालको विजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो विजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरे । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्दै ओलीले अहिले वैशाखी खोजेर हिड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

कुर्सीमा बसेर नै संवोधन गरेका ओलीले सबै दल मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । एमाले प्रवेश गर्नेहरुको देशव्यापी जनलहरले एमालेको शक्ति प्रष्ट भएको ओलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार