यो सिजनमा हिमाल चढ्ने आरोही बढ्ने संकेत

काठमाडौं । कोभिड–१९ को महामारी न्यून भएसँगै सन् २०२२ को वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीको संख्या बढ्ने संकेत देखिएको छ । पर्यटन विभागले यस सिजनमा हिमालमा चढ्न आउने पर्यटकलाई आरोहण अनुमति दिन सुरु गरेको छ ।

विभागका अनुसार यो सिजनका लागि सोमबारसम्म १६ वटा हिमालमा पर्यटकहरुले आरोहण अनुमति लिइसकेका छन् । कुल १२८ जना आरोहीले ती हिमाल चड्ने गरी अनुमति जारी भएको विभागले जनाएको छ । यसमध्ये सगरमाथामा एउटा समूहले आरोहण अनुमति लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार