माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी वीक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिखसम्म परेको ग्लोबल मनी वीक अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरू संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्तक्रिर्या तथा साक्षरता र्‍यालीहरूको आयोजना गरी ग्लोबल मनी वीक मनाएको हो ।

बैंकले ग्लोबल मनी वीकअन्तर्गत गत शनिवार काठमाण्डौं लगायत देशका विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्‍याली निकालेको थियो ।

विभिन्न वित्तिय साक्षरता सम्बन्धि जानकारीहरू लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट शुरू भएको र्‍याली भंगाल, चुनिखेल, सुन्दरबस्ती, कपन, गुम्बा, कपन हुदै पुन  होटल सब्रिना मा नै आएर समापन भएको थियो ।

उक्त र्‍यालीमा बैकका संचालक समितिका सदस्य  जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार , र जनकपुर प्रदेश नं। १ मा ईटहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी   र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरूमा पनि वित्तीय साक्षरता र्‍याल  निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार