भन्सार छलेर ल्याइएको ३६ लाख बराबरका गरगहना बरामद

कैलालीको भन्सार नाकाबाट सशस्त्र प्रहरीले भन्सार छलीका गरगहना बरामद गरेको छ।मंगलबार कैलालीको धनगढी उमहानगरपालिका–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलेर ल्याइएका ३६ लाख ८ हजार ३ सय ९० मूल्य बराबरका गहना बरामद गरिएको हो।बरामद गहना राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी रहेको हेडक्वाटरले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार