गठबन्धनको विपक्षमा काँग्रेस महामन्त्री थापा, भने-‘कार्यकर्तालाई अरु पार्टीमा भोट देउ भनिदैँन’

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।

उनले भने, कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?

अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उनले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगाओैँ भने काँग्रेस नरहने खतरा हुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार