हारको बदला लियो नेपालले, पीएनजी १५ रनले पराजित

त्रिकोणात्मक टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी ९पीएनजी० लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

यस जितसँगै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ ।नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।रोहितले ३४ रन बनाए । आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए ।पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २र२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १/१ विकेट हात पारे ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार