कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट हुने दुई दर्जन उडानमा ढिलाइ भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आबुधाबीबाट आएको एअर अरेबियाको जहाजले पर्साको आकाशमाथि पाँच फन्का लगाएपछि बल्ल अवतरणको पालो पायो । यस्तै पोखराबाट काठमाण्डौका लागि उडेको जहाजले पनि चितवनमाथिको आकाशमा थुप्रै फन्का लगाएपछि अवतरण गरेको छ ।
मौसममा सुधार नआएसम्म विमानस्थलबाट हुने उडान अवतरण प्रभावित हुने र केही उडान रद्द नै हुने विमानस्थल कार्यालयले जनाएको छ ।