भावुक हुँदै प्रचण्डले भने-‘लडाइँका बेला अप्ठेरो पर्‍यो भने म रोल्पा आउँथे र नयाँ ऊर्जा प्राप्त गर्थेँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा नवनिर्मित भ्यूटावरको उद्घाटन गरेका छन् । उनले सोमबार रोल्पा पुगेर उक्त टावरको उदुघाटन गरेको हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले युद्धकालमा मात्रै नभएर रोल्पाले शान्तिकालमा पनि विकास/निर्माण र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने स्पष्ट भएको बताए । जनयुद्धको पछिल्लो दुई वर्ष आफूले रोल्पाका गाउँबस्तीमा बिताएको प्रचण्डले स्मरण गरेका थिए ।

उनले सुनाए, ‘लडाइँका बेला अप्ठेरो पर्‍यो भने म रोल्पा आउने गर्थेँ । भेटघाट र अन्तरक्रिया गरेपछि नयाँ ऊर्जा प्राप्त हुन्थ्यो । नयाँ योजना बनाएर क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउने अठोट लिएर जान्थेँ ।’
प्रचण्डले अहिले पूर्वाधार विस्तारमा रोल्पाले राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे ।

‘रक गार्डेन र भ्यूटावरले राम्रो पर्यटकीय गन्तव्यका रूपमा रोल्पालाई विकास गरेको छ । यसलाई स्वर्गद्वारीसँग् जोडे देशभरिबाट नै पर्यटक आउनेछन् ।’
भ्यूटावरले जनयुद्ध संग्रहालयको पनि भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार