धेरै लडेको मान्छे हुँ, मेरो सिद्धान्तमा शंका नगर्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सिद्धान्तमा शंका नगर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“मेरो आइडियोलोजीमा शंका नगर्नुस्,” उनको भनाइ थियो, “म धेरै लडेको मान्छे हुँ । म अब पार्टी सभापति हुने होइन । तपाईंहरु जो जो हुने हो हुनुहोस्,” उनको भनाई थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार