के विप्लव नेतृत्वको नेकपा निर्वाचनमा सहभागी होला ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को केन्द्रीय समिति बैठकले महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। चैत ४ गतेदेखि कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकमा विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस गरेका थिए।

विप्लव प्रस्ताव केन्द्रीय समितिमा छलफल हुँदा अल्पमतमा परेको थियो। ६८ केन्द्रीय सदस्य, चारजना सल्लाहकार परिषयदका सदस्य र सचिवालयका चारजनाले उनको प्रस्तावमा धारणा राख्दा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए। सल्लाहकार परिषदका चारजना नै निर्वाचनलाई उपयोग गर्ने महासचिवको प्रस्तावको विपक्षमा रहेका थिए।

सचिवालयका हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला निर्वाचनमा सहभागी हुने महासचिवको प्रस्तावलाई सच्याउन पर्ने लाइनमा सुरुदेखि नै अडिग थिए। बैठकमा वली र बाँस्तोलाले महासचिवले बहुमतको कदर नगरे फरक कदम चाल्नुपर्ने बाध्यता आउन सक्ने भन्दै चेतावीसमेत दिएका थिए।

बैठकमा निर्वाचनमा सहभागी हुने विषयमा केन्द्रीय समितिमा मतभेद देखिएको थियो। यसबीचमा विप्लवले आफ्नो प्रस्तावमा बहुमत जुटाउन केन्द्रीय सदस्यहरूलाई एकल रूपमा समेत भेटघाट गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार