पीएनजीलाई नेपालले दियो १ सय ८४ को लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पप्पुवा न्युगिनी ९पीएनजी० लाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो ।नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

आक्रामक सुरुवात गरेका कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए ।

दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे । पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २र२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १र१विकेत हात पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार