कुशल भुर्तेलले तोडे केएल राहुलको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर ब्याटर कुशल भुर्तेल टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर ब्याटर कुशल भुर्तेल टि– २० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको खेलमा भुर्तेलले यो कीर्तिमान कायम गरेका हुन् ।पिएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघि भुर्तेलले ५०० रन पूरा गरे ।उनले मात्र १२ खेलमा यो कीर्तिमान बनाएका हुन् ।यसअघि भारतीय ब्याटर केएल राहुलको नाममा यो कीर्तिमान थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार