बाइडेनले पुटिनलाई ‘यो मान्छे सत्तामा हुनु हुँदैन’ भनेपछि…

‘यो मान्छे सत्तामा हुनु हुँदैन…’ भ्लादिमिर पुटिनका बारेमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको वाक्यांश अमेरिकी कूटनीतिज्ञहरूका लागि टाउको दुखाइ बनेको छ।

अमेरिकी विदेशनीति विज्ञहरूले बाइडेनको यो भनाइले थप तनाव बढाउने अनुमान गरेका छन्। बाइडेनले शनिबार पोल्याण्डको राजधानी वार्सामा पुटिनका बारेमा भनेका थिए, ‘यो मानिस सत्तामा रहनु हुँदैन।’

बाइडेनको मुखबाट यो भनाइ फुत्किएपछि ह्वाइट हाउसका अधिकारीहरूले यसलाई सच्याउने प्रयासमा लागेका छन्।एक अधिकारीले नाम नछाप्ने शर्तमा एसोसिएटेड प्रेसलाई भने‚ ‘बाइडेनले पुटिनलाई सत्तामा रहन वा रूसमा सरकार परिवर्तन गर्न आग्रह गर्नुभएको थिएन।ु यसको अर्थ ’पुटिनलाई आफ्ना छिमेकी वा क्षेत्रमा बल प्रयोग गर्न दिनु हुँदैनु भन्न खोजेको भएको भन्दै व्याख्यामा जुटेका छन्।अमेरिकी सञ्चारमाध्यमका अनुसार बाइडेनको यो टिप्पणीले अमेरिका र रूसबीचको सम्बन्ध थप बिग्रन सक्छ।

काउन्सिल अन फरेन रिलेशनका अध्यक्ष रिचर्ड हासले भने‚ एन्टोनी ब्लिंकनले तत्काल रूसी समकक्षीसँग कुरा गर्नुपर्ने बताउँदै बाइडेनको भनाइ अमेरिकी विदेश नीति होइन भनेर स्पष्ट पार्नुपर्ने बताए। बाइडेनले यसअघि पुटिनलाई हत्यारा भनेका थिए। यो भनाइबाट ह्वाइट हाउसले आफूलाई टाढा राखेको थियो।

बाइडेनबाट गल्ती
हासले भने‚ यो एक अलिखत टिप्पणी थियो। यसलाई बाइडेनको मौलिक सोचको रूपमा व्याख्या गर्न सकिन्छ। यसले यो भनाइ खराब बनाउँछ। बाइडेनको टिप्पणीले पुटिनलाई आक्रोशित बनाउन सक्छ र उनले युक्रेनमा आक्रमणलाई तीव्र बनाउन सक्छन् भनी कतिपयले त्रास व्यक्त गरेका छन्।

बाइडेनको यो टिप्पणीले रूस अमेरिका सम्बन्धमा कति असर पार्न सक्छ भन्ने कुरा बाइडेन आफैंले बुझेका छन्। अमेरिकी राष्ट्रपति एयर फोर्स वनमा सवार हुनुअघि नै उनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति बाइडेनले रूसको सरकार परिवर्तनका लागि कुनै आह्वान नगरेको दाबी गर्न थालेका थिए।

यसैबीच आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले राष्ट्रपति बाइडेनको गैरजिम्मेवार भनाइ सच्याउने प्रयास गरेका छन्। उनले युक्रेनमा रूसले गरेको आक्रमणको कडा निन्दा गरे पनि अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउन प्रयास नगरेको र नगर्ने बताएका छन्। उनले भने‚ ‘अमेरिकाले बारम्बार भनेको छ( रूस वा अन्य ठाउँमा हामीसँग शासन परिवर्तनको कुनै रणनीति छैन।’

रूसको जवाफ
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बाइडेनको भनाइ अस्वीकार गरे। ‘रूसको सत्तामा को हुने भन्ने निर्णय अमेरिकी राष्ट्रपति वा अमेरिकीको हातमा छैन’ उनले भने। पछिल्ला २४ घण्टामा बाइडेनको दोस्रोपटक जिब्रो चिप्लिएको छ।

अमेरिकी राष्ट्रपतिले यसअघि नै अमेरिकाले युक्रेनमा सेना तैनाथ गर्न सक्ने वा गरिसकेको संकेत गरेका थिए। तर बाइडेन प्रशासनले रूस युक्रेन द्वन्द्वमा अमेरिकाले हस्तक्षेप नगर्ने बताउँदै आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार