घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको छ । यस्तै चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार