शिव परियारको ‘क्या दामी भो–२’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘कुरो दामी हो…’ सार्वजनिक भएको छ । शिवको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना छ । दीपक शिलवालले संगीत भरेका छन् ।

कोरस भोकलमा शिवलाई आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन् । क्या दामी भो–२ का रूपमा शिवले यो गीत ल्याएका हुन् । रक्सी सेवनले स्वास्थ्यमा पार्ने असर र त्यसले सिर्जना गर्ने अन्य विभिद समस्या गीतमा उल्लेख छ ।

भिडियोका प्रियना आचार्य र अरुण क्षेत्रीको मुख्य अभिनय छ । भिडियो निर्देशन शान थापाले गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार