पीएनजी विरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ ।तीन ओभरको खल चलिरहँदा नेपालले एक विकेटको क्षतिमा २२ रन बनाएको छन । नेपालका ओपनर कुशल भ्रुतेल आउट भएका छन् । अहिले क्रिजमा रोहित पौडेल र आशिफ शेख रहेका छन् ।

टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको हो । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ ।सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ । यस अघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा नेपाल २–० ले पराजित भएको थियो ।

पीएनजीविरुद्ध नेपालको सुरुआती ११

कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र रोहित कुमार पौडेल ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार