लिङ्देनले बनाएको राप्रपा हाइकमाण्डमा नवराज सुवेदीदेखि दिपक बोहोरासम्म

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित कार्य सम्पादन समिति गठन गरेका छन् ।पार्टीको हाइकमाण्डकारुपमा गठित २० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।

कार्य सम्पादन समितिमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीहरू धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद साह सदस्य छन्।

त्यस्तै, केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियारई कार्य सम्पादन समितिमा समेटिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार