विवेकशीलमा विवाद चर्किदै, अध्यक्ष मिश्रलाई कारबाहीको तयारी

विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रपक्षले यसअघि २६ जनामाथि गरेको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चर्किएको छ। असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी समेत तयारी थालेको छ ।

राप्रपासँगको एकीकरणको विषय चर्चामा रहँदा पार्टी बिवाद चुलिएको छ। मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ।पार्टीमा विवाद आएदेखिनै संयोजकसमेत रहेका मिलन पाण्डे सहित केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मिश्रको विपक्षमा उभिएका छन्।

तर, अहिले रवीन्द्र मिश्रले साथ् लिएका केहि नेताहरुसँगको आन्तरिक भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको मिश्र पक्षका नेताहरुको दाबी छ।गण्डकी प्रदेशमा शुशिला केसी अधिकारीलाई र प्रदेश दुईमा धनपति महतोलाई रवीन्द्र मिश्रले नियुक्त गरेपछि पार्टीमा विवाद भएको हो।

‘निर्देश सिलवालले गण्डकी प्रदेशमा आफू निकट नेता चाहन्थे, सारथी प्रदेश दुईमा आफू संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे। यो नमिलेपछि विवाद आएको हो’ मिश्र पक्षका एक नेताले भने।

मिश्र निकट भनेर चिनिने संस्थापन समूहका एक नेताले मिश्रको गतिविधि लोकतान्त्रिक नभएको बताए । ती नेताका अनुसार पर्याप्त कोरम पुर्‍याएर मिश्रलाई कारबाही गर्ने प्रक्रिया आफूहरूले गरेको ईकान्तिपुरसित भने ।

ती नेताका अनुसार मिश्रले पछिल्ला बैठकहरूमा राजतन्त्रसँग नजिकिएको बारेमा उठेका प्रश्नको जवाफसमेत दिन सकेका छैनन् । बरु उनी ती प्रश्नहरू बैठकको एजेन्डा नै नभएको भन्दै नउठाउन निर्देशन दिने गर्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार