३६ वर्षपछि क्यानडा विश्वकपमा छनोट

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४(० को जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो ।मेक्सिकोमा आयोजित सो विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।

केल लरिन र टाजोन बुचाननले गोल गरेपछि पहिलो हाफमा क्यानडाले अग्रता बनाएको थियो । दोस्रो हाफमा जुनियर होलेटले गोल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेका थिए ।इतिहासमै दोस्रोपल्ट विश्वकपमा छानिएपछि टोरन्टोस्थित बीएमओ फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टोलीको सहभागिता छ । अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नो स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार