नेपाली सेनाले माग्यो पाइलटदेखि डाक्टरसम्म

नेपाली सेनामा विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ । रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको हो । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

धेरै उपसेनानी ९एमबीबीएस डाक्टर० ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

यस्तै, सैनिक उपचारिका ९उपसेनानी० १८ जना र कम्प्युटर प्राविधिक ९उपसेनानी० १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ ।यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार