सर्वोत्कृष्ट अस्कर अवार्ड फिल्म कोडाले जित्यो

फिल्म कोडाले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ ।कोडा फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् ।

उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए ।यस्तै, विल स्मिथले किङ्ग रिचर्ड फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।

यस्तै,द आइज अफ ट्यामी फेयुका लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेत तथा द पावर अफ द डगका लागि जेन क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

अमेरिकाको लस एन्जलसमा नेपाली समयअनुसार सोमवार बिहान भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म ड्राइभ माइ कारले पाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार