घाँस काट्न गएकी १२ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

बालिका बलात्कारको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन्। शुक्रबार घोडाघोडी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय कल्लु दमाई बलात्कारको आरोपमा पक्राउ परेका हुन्।

उनीमाथि १२ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। घर नजिकैको बारीमा घाँस काट्न गएका बेला बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार