गण्डकी प्रदेशका ३ सदस्यमा कोरोना संक्रमण, संक्रमितले मत हाल्ने पाउने, बोल्ने नपाउने

गण्डकी प्रदेशका तीनजना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो एमाले सांसदको मागअनुसार गरिएको परिक्षणमा ३ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय स्रोतले जानकारी दिएको दिएको छ । यसको जानकारी सम्वन्धित दललाई दिईसकिएको छ । सबै सांसदलाई आआफ्नो रिपोर्ट प्राप्त भईसकेपनि संक्रमण देखिएको सांसद को को हुन भन्ने बारेमा औपचारिक रुपमा निर्देशनालयले यसलाई सार्वजनिक भने गरेको छैन ।

‘ कोरोना महामारीका बेला सांसदको पिसिआर परिक्षण नगरि अधिवेशन शुरु गर्दा संक्रमणको थप जोखिम हुने भन्दै हिजोको बैठकमा एमाले सांसदले बैठक चल्न नदिएपछि कोरोना परिक्षण गरिएको हो ।

विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पिसिआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए भने सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राखिन नहुने तर्क गरेका थिए ।

परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।

आज दिउँसो १ बजे गण्डकी प्रदेश सभाको बैठक बस्नेछ । मंगलबार सांसदहरु बोल्ने क्रम नसकिएकाले आज पनि सोही क्रमले निरन्तरता पाउने छ । सांसदहरुको बोल्ने क्रम सकिएपछि विपक्षि दलले मुख्यमन्त्री विरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदानको कार्यक्रम छ ।

प्रदेश सरकारविरूद्ध विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरिदिएपछि विपक्षी दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा सोमबारदेखि विशेष अधिवेशन सुरू भएको हो । गण्डकी प्रदेश सभामा सत्तारूढ एमालेका २७ जना सांसद छन्। एमालेलाई स्वतन्त्र सांसद दीपक मनाङेको पनि समर्थन छ।

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् । मुख्यमन्त्री गुरूङविरूद्ध एमाले बाहेकका अन्य चार दल उभिएकाले उनीहरूकै पक्षमा बहुमत पुग्ने देखिन्छ । ६० सदस्यीय प्रदेश सभामा विपक्षी गठबन्धनको ३१ मत पुग्छ । बुधबार हुने मतदानमा खासगरि नेकपा माओवादी केन्द्रका बादल निकटका सांसदले फलो्र क्रस नगरेको अवस्थामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुनेछन् ।

यद्यपी मुख्यमन्त्री गुरुङले पनि आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विपक्षी दलका विभिन्न सांसदहरुसँगको भेटघाट र छलफललाई तीब्र पारेकाले लुम्बिनी प्रदेशको अवस्था गण्डकीमा पनि नदोहोरिएला भन्न सकिदैन ।

गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

गण्डकी प्रदेश सभाको बैठकमा अविश्वास प्रस्तावको पक्षबिपक्षबीच बहस

एमालेको साथ छाडेपछि दिपक मनाङे स्वतन्त्र सासंदको हैसियतमा

एमाले सांसदले बिरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

अविश्वास पक्षधर सांसदलाई मुख्यमन्त्रीले चोर्ने भयंले रिसोर्टमा थुनियो

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेशमा गु्रुङ नेतृत्वको सरकारलाई तीन दिनको समय, बुधवार अविश्वास प्रस्तावमा मतदान

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार