उदयपुरमा आगलागीबाट एक जनाको मृत्यु, सात घर जलेर नष्ट

उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् ।

दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो ।

आगलागीबाट भैरब बहादुर ग्राङ्जा मगर, पदम बहादुर ग्राङ्जा मगर, यम्बर बहादुर ग्राङ्जा मगर, दिप बहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेर बहादुर ग्राङ्जा मगर र ओम बहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीय डण्डीकेशर मगरले जानकारी दिए ।

आगलागीबाट अन्नपात, लत्ताकपडासमेत जलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार