बलात्कार मुद्धामा फरार अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार कसुरदार भीमदत्त नगरपालिका-१० का अन्दाजी ५० वर्षीय किसन महरलाई प्रहरीले १४ वर्षपछि आज (आइतबार) पक्राउ गरेको छ।

घरमै लुकिछिपी बसेको अवस्थामा महरलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक जीवन गुरुङको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो।

विसं २०६४ जेठ १६ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाअनुसार महरलाई ३ वर्ष कैद तोकिएको थियो।

कैद ठहर भएपछि महर फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। पक्राउ परेका महरलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी अदालतबाट पुर्जी जारी भएर कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार