यस्ता छन् काँग्रेसको केन्दीय कार्यसमिति बैठकले गरेका निर्णय

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका बिषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।बैठकमा नेताहरुले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएको प्रवक्ता महतले बताए । गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय भएकाले पार्टीलाई फाइदा हुने गरि निर्णय गरिने जानकारी दिए ।

सवै सदस्यहरुले धारणा राखेपछि आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने उनले बताए । अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको प्रवक्ता महत्तको भनाई छ ।यसैबीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफुले राखेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताए ।अर्थमन्त्री असक्षम भएको र गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाई छ । कांग्रेस बैठक सोमबार पनि बस्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार