कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा मागियो

काँगे्रसको केन्द्रीय कार्यसमितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् । उनले अर्थतन्त्र सुधारको प्रयास नगरेको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरे ।

उनले अर्थतन्त्रका सूचक निरन्तर ओरालो लाग्दा पनि अर्थमन्त्रीले नियन्त्रणको पहल नथालेको भन्दै सत्ता गठबन्धनमा छलफल गरेर उनलाई बर्खास्त गर्ने पर्ने माग गरेको बताए ।

उनले बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मागेको बजेट विनियोजन गर्न ढिलाइ गरेका कारण अर्थमन्त्री शर्मा अक्षम भइसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार