धनुषामा प्रहरी र व्यवसायीबीच झडप

धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । विदेह नगरपालिकाको तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसपछि त्यहाँ तनावको अवस्था सिर्जना भएको हो ।

झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशंका गरेका छन् ।

त्यहीबीच नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै प्रदर्शन भएको बताइएको छ ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार