चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किए

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।

 

नेपालमा भूराजनीतिक चलखेलको प्रयास अस्वीकार्य : चिनियाँ विदेश मन्त्री

 

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

 

चिनियाँ आश्वासन : उत्तरी नाका सञ्चालनमा सहज बनाउँछौ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार