प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न सरकारकाे सिफारिस

प्रदेश नंं १ सरकारले चालू हिउँदे अधिवेशनको अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार