अनलाइनमा लिक भयो फिल्म आरआरआर

पछिल्लो समया हलहरुमा सार्वजनिक भएको ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ।शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।

‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ। ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो।

यस्तै ५०० करोड लागतमा बनेको निर्देशक एसएस राजामौली की बहुप्रतीक्षित फिल्म आरआरआर लिक भएको छ।शुक्रबारदेखि संसारभर रिलिज भएको फिल्मले कीर्तिमानी ओपनिङ गरेको थियो। भारतीय सञ्चार माध्यमका अनुसार तमिल रकर्सले रिलीजको केही घन्टापछिनै फिल्मलाई अनलाइनमार्फत लिक गरेको हो।

एसएस राजामौलीको आरआरआर यो वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक हो। हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित फिल्म अन्तर्राष्ट्रिय भाषामा पनि रिलिज भएको छ।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार