किरण चापागाईँको “आमा बाबा पियारी ” गीतको भिडियो सार्वजनिक

गायक निशान भट्टराईको स्वरमा “आमा बाबा पियारी ”गीतको भिडियो सार्वजनिक भएको छ । किरण चापागाईँको शब्द तथा सङ्गीतमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, किशोर भण्डारी, टिका निरौला र बाल कलाकार अर्सया दाहालको अभिनय रहेको छ । वैदेशिक रोजगारीको र परिवारबाट टाढा रहनुको पिडालाई गीतमा समावेश गरिएको छ ।

“आमा बाबा र पियारी ”गीतको भिडियो किरण चापागाईँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चापागाईँ हाल डेनमार्क मै बस्छन् ।

बिदेसिनुको आफ्नो समेत पीडा लाई गीत मार्फत व्यक्त गरेको कुरा उनले बताउँछन् । सङ्गीत क्षेत्र मै सक्रिय रहँदारहँदै उनी अध्ययनको लागि डेनमार्क गएका हुन। निजका आधा दर्जन गीत यस अगाडी नै बजार मा आइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार