काठमाडौं । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले दुई करोड मतपत्र छाप्न दिने निर्णय गरेको हो ।
आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले टिभी अन्नपूर्णसँग बताए ।
यही चैत १४ देखि मतपत्र छपाई सुरु हुने बताइएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ ।