मेरियट होटलमा एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, को–को सहभागी छन् ?

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नक्शालस्थित होटल मेरियटमा आज बिहान प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेट भएको हो । त्यसक्रममा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनले शनिबार साँझै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।

यसपछि त्यही होटलमा चिनियाँ विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार