काठमाडौंमा भूकम्पको धक्का महसुस, कलंकी आसपास केन्द्रविन्दु

काठमाडौं उपत्यकामा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान १ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । कलंकी आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले कुनै क्षति नभएको पनि उनले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार