ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् ।गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार