आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ  । गत शुक्रबार प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार